सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।
आजको श्रृंखलामा हामीले असार १६ गते देखि असार २२ गतेसम्मका तस्बिर समेटेका छौं।
तस्बिरहरू:
काठमाडौंको चाल्नाखेलस्थित खेतमा धान रोप्दै गरेका स्थानीय किसानहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौं उपत्यका नजिकै कीर्तिपुरमा रहेको पर्यटकीय गन्तव्य टौदह वरपरको रमणीय दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने ढोडेनीबजार। मूलबाटो अन्तै मोडिएपछि कुनैबेला चल्तीको यो बजार हिजोआज सुनसान बनेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको लगनखेलमा प्रहरी चौकी हटाएर व्यापारिक कम्प्लेक्स बनाउन लागेको भन्दै ललितपुर महानगर अगाडि विरोध प्रदर्शन। तस्बिर: निशा भण्डारी/सेतोपाटी
जुम्ला र दाङमा भएको विभेदका घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको बिजुलीबजारस्थित पुलमा राखिएका फुलका गमला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको खोकनामा धान रोपाइँ सकिएसँगै आकाशबाट देखिएको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
घाम-पानीबाट जोगिन मोटरसाइकल चालकले लगाएको जुक्ति। तस्बिर: सेतोपाटी
रिङरोड सडकअन्तर्गत ललितपुरको कुसुन्तीमा सवारीको गति जाँच गर्न स्पिड गन क्यामेरा जडान गरिँदै। तस्बिर: विवेक राई/सेतोपाटी
शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले माइतीघरमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौं महानगरले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गर्ने निर्णय गरेको छ। यद्यपि पूर्ण रूपमा लागु हुन सकेको छैन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी