सेतोपाटी फोटो टिमले देशमा भएका विभिन्न घटनाक्रमहरू राजनीति, सामाजिक, कला, खेलकुदलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका तस्बिर' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले भदौ १६ देखि भदौ २२ गतेसम्म खिचिएका केही तस्बिरहरू समेटेका छौं।
-1694235546.jpg)
काठमाडौंको गोंगबुमा ठेलामा सामग्री लिएर गन्तव्यतर्फ जाँदै गरेका एक जना श्रमिक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235547.jpg)
काठमाडौंको सांस्कृतिक संस्थानमा शुक्रबार आयोजित एक सांस्कृतिक कार्यक्रममा मौलिक पहिरनमा सजिएकी युवतीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235547.jpg)
काठमाडौंको सामाखुशीमा हिलोमा फसेको पानी बोकेको गाडी निकाल्ने प्रयास गर्दै मानिसहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235548.jpg)
याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरण खारेजीको मागसहित गरिएको प्रदर्शनमा राखिएको एउटा चित्रकला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235548.jpg)
गत सोमबार भएको एशिया कप २०२३अन्तर्गत नेपाल र भारतबीचको खेल हेरेर उत्साहित हुँदै युवाहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
-1694235546.jpg)
काठमाडौंको बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)मा कृष्ण जन्माष्टमीको अवसरमा सजिएर बसेकी एक युवती। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235549.jpg)
काठमाडौंको कपनमा महानगरले खोतली राखेको खोला छेउ रहेको बिजुलीको पोलहरू ढलेर देखिएको लथालिंग। यस क्षेत्रमा भत्किएको संरचना व्यवस्थापन नहुँदा मानिसहरू दिनहुँ समस्यामा परिरहेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235549.jpg)
एसिया कप-२०२३ खेलेर बुधबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1694235550.jpg)
पाटनमा मतया: पर्वको उपलक्ष्यमा मृतक परिवारका दिवंगत आत्माको चिरशान्तिको कामनाका लागि बिहानै दीप प्रज्वलनको यात्रा सुरू गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
-1694235550.jpg)
थाल ठटाएर, सिठ्ठी फुकेर चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको माइतीघरमा प्रदर्शन गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
-1694235552.jpg)
ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर महादेव मन्दिरमा जनैपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बी झाँक्रीहरू नृत्य देखाउँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
-1694235551.jpg)
लगनखेलमा कार्यरत प्रहरी जवान अश्मिता तामाङ भक्तपुरदेखि आएका आफ्नो भाइ सुजिल तामाङलाई कुम्भेश्वर मन्दिर परिसरमा रक्षा बन्धन लगाइदिँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
-1694235551.jpg)
८५ दिनदेखि धर्ना बस्दै आएका आरती साहको परिवारले पीडितका लागि सरकार नभएको र न्याय मरिसकेको भन्दै माइतीघर मण्डलमा कपाल मुण्डन गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
-1694235551.jpg)
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको विरोधमा तरूण दलको प्रदर्शन। तस्बिर: निशा भण्डारी/सेतोपाटी