रुपन्देहीको समरीमाईमा एक युवती जलेको अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार समरीमाई गाउँपालिका वडा नडा नम्बर ५ की २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन्।
शनिबार राति घरमा सुतेकी सिर्जना बिहान पौने २ बजे घर नजिकैको खेतमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक (एसपी) गणेश सापकोटाले जानकारी दिए।
उनका अनुसार सापकोटाले घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको अवस्थामा फेला परेको र अनुसन्धानको लागि उनका श्रीमानलाई नियन्त्रणमा लिइएको छ।