सप्तकोशीमा यात्रु बोकेको मोटरबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
आज दिउँसो मोटरबोटको इन्जिनमा एक्कासी समस्या उत्पन्न भई पल्टिएको थियो।
इलाका प्रहरी कार्यालय बराहक्षेत्रका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार मोटरबोट दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
मृत्यु भएकाहरूको पहिचान खुलेको छैन।
उनकाअनुसार उक्त मोटरबोटमा १६ जना यात्रु सवार थिए।
‘मोटरबोटमा ३ जना बालबालिकासहित १६ जना सवार थिए भन्ने छ, त्यसमध्ये १२ जना उद्धार गरियो, ३ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘मोटरबोटको इन्जिन अरूण नदी क्षेत्रमा बन्द भएको, अरूण र सुनकोशीको संगमस्थल धनकुटा जिल्ला क्षेत्रमा पर्दछ। त्यहाँ मोटरबोट पल्टियो।’