नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए। उनीविरूद्ध विभिन्न मुद्दामा भ्रष्टाचार गरेको आरोप छ।
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो। त्यसमा अनुसन्धान गरी अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ।