पर्वतमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
कुश्मा नगरपालिका-१ पाङ बस्ने ३२ वर्षीय सुरेन्द्र किसान पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।
उनीविरूद्ध १४ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी आएको छ। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।