मोरङको लेटाङमा प्रहरीले अपराध अनुसन्धान र आपतकालीन अवस्थामा ड्रोनको प्रयोग गर्ने भएको छ।
इलाका प्रहरी कार्यालय लेटाङले प्रविधियुक्त ड्रोनको प्रयोग गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।
यसअघि प्रहरीले विशेषगरी काठमाडौं उपत्यकामा निगरानी गर्न ड्रोन प्रयोग गर्दै आएको थियो।
डिआइजी विनोद घिमिरेले अपराध अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज-उद्धार कार्यलाई सुदृढ बनाउन सकिने बताए।
इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सागर साहले लेटाङ क्षेत्रको भौगोलिक जटिलता र बढ्दो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधि आवश्यक भएको बताए।