काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीको रंगशालामा स्क्रिनिङको काम भइरहेको छ।
शनिबार बिहानदेखि थापाथलीमा सुकुमबासी बस्ती भत्काएसँगै सुकुम्बासीहरू त्रिभुरेश्वरस्थित रंगशालामा बनाइएको स्क्रिनिङ सेन्टरमा पुगेका छन्।
उनीहरूको नाम, परिवार संख्या लगायतका विवरण टिप्ने काम भइरहेको छ। त्यहीँ लगत संकलनको काम पनि हुनेछ।
यहाँबाट केहीलाई होल्डिङ सेन्टरमा समेत पठाइएको छ।
महानगर प्रहरीले थापाथलीको नदी किनारामा रहेको सुकुम्बासी बस्ती लगभग खाली बनाइसकेको छ। यहाँबाट छाडेर केही परिवारहरू रंगशालामा आफ्नो सामानसहित पुगेका छन्।
अब त्यहाँबाट सिनामंगलस्थित खोला किनारामा जाने तयारी छ। त्यहाँबाट पनि सुकुम्बासी परिवारलाई रंगशालामा लग्ने तयारी छ।
५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ।
त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ।
नक्कली सुकुम्बासीको हकमा पनि विकल्प नदिइने र त्यसको विवरण सार्वजनिक गर्ने सरकारको तयारी छ।
तस्बिरहरू:
-ink-1777099129.jpeg)
-ink-1777099129.jpeg)
-ink-1777099128.jpeg)
-ink-1777099128.jpeg)
-ink-1777099127.jpeg)
-ink-1777099127.jpeg)
-ink-1777099128.jpeg)
-ink-1777099128.jpeg)
-ink-1777099127.jpeg)
-ink-1777099127.jpeg)
-ink-1777099127.jpeg)
-ink-1777099126.jpeg)
-ink-1777099125.jpeg)
-ink-1777099126.jpeg)
-ink-1777099126.jpeg)
-ink-1777099126.jpeg)
-ink-1777099125.jpeg)
-ink-1777099125.jpeg)
-ink-1777099125.jpeg)
-ink-1777099125.jpeg)
-ink-1777099125.jpeg)