काठमाडौंको सिनामंगलको सुकुम्बासी बस्तीमा प्रहरीले माइकिङ गर्न थालेको छ।
शनिबार दिउँसो पौने १ बजेदेखि सिनामंगलको गैह्रीगाउँमा प्रहरीले पुगेर माइकिङ गर्न थालेको हो।
प्रहरीले त्यहाँ रहेका सुकुम्बासीलाई सामान निकाल्न भनिरहेको छ।
यसअघि प्रहरीले थापाथलीस्थित नदी किनारामा रहेको बस्ती खाली गराइसकेको छ।
महानगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरीले गन्तव्यमा पुग्न सवारीसाधनको मद्दत दिइरहेको छ। त्यस्तै कतिपयले आफै कोठा खोजेर सरिसकेका छन्।
कतै जाने ठाउँ नभएकाहरूलाई भने सुरक्षाकर्मीले रंगशालामा पुर्याएको छ।
त्यहाँ स्क्रिनिङ गरेर उनीहरूलाई होल्डिङ सेन्टर पठाउने काम भइरहेको छ।