सिनामंगलको सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरू गरिएको छ।
शनिबार वा आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीसँगै बिहानैबाट थापाथलीको बस्ती खाली गरेपछि अहिले सिनामंगलमा खाली गराउने काम सुरू भएको हो।
यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ-आफ्नो घरको सामान सार्न माइकिङ पनि गरिरहेको छ।
शनिबार दिउँसो पौने १ बजेदेखि सिनामंगलको गैह्रीगाउँमा प्रहरीले पुगेर माइकिङ गर्न थालेको हो।
थापाथलीमा जस्तै यहाँ पनि नगर प्रहरीले सुकुम्बासीहरूको सामान ओसारपसार गर्न सहयोग गरिरहेका छन्। तर सिनामंगल क्षेत्रमा ठूलो संख्यामा सुकुम्बासी परिवार बसोबास गर्दै आएकाले उनीहरू अहिले कहाँ जाने र के गर्ने भन्ने अन्योलमा परेका छन्। बस्ती हटाउने क्रममा बालबालिकाहरू रोइरहेका छन् भने समग्र वातावरण तनावपूर्ण र अन्योलपूर्ण बनेको छ।
यही बस्तीमा रहेकी मेनुका गुरूङ ४५ वर्षअघि बच्चा बोकेर धरानबाट यहाँ आएकी थिइन्। श्रीमानबाट अलग भएपछि काठमाडौं आएर यहीँ ज्यामी काम गर्दै परिवार हुर्काएको उनले बताइन्।
'आँसुमा पौडी खेलेर यस्तो काम राम्रो हुँदैन,' उनले भनिन्, 'हामीलाई कहाँ जाने भन्ने केही टुंगो छैन।'
उनका नाति पनि यो ठाउँ छाडेर कहाँ जाने, कहाँ पढ्ने भन्ने अन्यौलमा छन्।
तीन सन्तानकी आमा सीता पाठक पनि उस्तै चिन्तामा छन्।
'कहाँ जाने, बच्चालाई के खुवाउने—केही थाहा छैन,' उनले भनिन्।
४६ वर्षीया मुकुना दर्जी २२ वर्षदेखि सिनामंगलमा बस्दै आएकी छन्। उनको सात जनाको परिवार छ।
कतिपयले भने आफै कोठा खोजेर सरिसकेका छन्।
कतै जाने ठाउँ नभएकाहरूलाई भने सुरक्षाकर्मीले रंगशालामा पुर्याएको छ।
तस्बिरहरू:
-1777103772.jpg)
-1777103772.jpg)
-1777104491.jpg)
-1777104491.jpg)
-1777104491.jpg)
-1777104490.jpg)
-1777104490.jpg)
-1777104490.jpg)
-1777104490.jpg)
-1777104489.jpg)
-1777104488.jpg)
-1777104488.jpg)
-1777104488.jpg)
-1777104488.jpg)
-1777104487.jpg)
-1777104487.jpg)