भक्तपुरको मनोहरा क्षेत्रमा ८० प्रतिशतले सुकुम्बासी बस्ती छाडेका छन्।
शनिबार अपराह्न साढे ५ बजेसम्म भक्तपुरको मनोहरास्थित बस्तीमा ८० प्रतिशतले बस्ती छाडेका हुन्।
त्यहाँ बस्दै आएकाहरूले आफ्नो सामानसहित छाडेका छन्।
बाँकी परिवारले पनि आफ्नो सामान सामान ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ।
यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएको काठमाडौं महानगरपालिकाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ।