बाँके प्रहरीले तीन राउन्ड हवाइ फायर गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका – २२ शान्ति चोकमा शनिबार दिउँसो हवाइ फायर गरी प्रहरीले २८ वर्षीय दिनेश बासखोर, २२ वर्षीय नुर मोहमद किङगरिया र २९ वर्षीय फिरोज शाहीलाई पक्राउ गरेको हो।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश विष्टका अनुसार उनीहरूको साथबाट ३७० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ।
लागुऔषधको अवैध कारोबारो भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी देखेपछि प्रतिकारमा उत्रिँदै भाग्न खोजेपछि हवाइ फायर गर्नुपरेको प्रहरी निरीक्षक विष्टले बताए।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।