काठमाडौंको मनोहरा क्षेत्रमा बिहानैदेखि मानिसहरूले सामान सार्न थालेका छन्।
शनिबार बिहान थापाथली क्षेत्रमा, दिउँसो सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीका संरचना हटाएको थियो।
अपराह्नतिरबाट मनोहरा क्षेत्रमा प्रहरी पुगे पनि स्थानीयले अवरोध गरेका थिए।
सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केहीबेर ढुंगामुढा भएको थियो।
केही प्रहरी घाइते समेत भएका थिए।
स्थानीय सुकुम्बासीहरू एकत्रित भई विरोध प्रदर्शन गर्दै नाराबाजी गर्न थालेपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो।
बेलुका भएपछि सुरक्षाकर्मीहरू भने त्यहाँबाट पछि हटेका छन्।
आज त्यहाँका संरचनामा डोजर चलाइने काठमाडौं महानगरले जनाएको छ।
केही स्थानीयहरू भने बिहानैदेखि घरका जस्तापाता र अन्य सामानहरू निकाल्न लागेका छन्।
तस्बिहरूः


सबै तस्बिरः सरिशा अछामी/सेतोपाटी