कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
जिल्लाको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको छ।
उनीहरु दुबै जनालाई जिल्ला अस्पताल तौलिहवामा पुर्याइ चेकजाँच गर्दा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
दुर्घटनामा तीन जना घाइते भएका छन्।
घाइते मध्य जिल्लाको महाराजगन्ज– ११ का ६५ वर्षीय नन्दप्रसाद दुबेको जिल्ला अस्पताल तौलिहवाको उपचारपछि सिटी हस्पिटल भैरहवामा लगेर थप उपचार भइ रहेको छ। डिएसपी सिंहका अनुसार दुवैको अवस्था मध्यम छ।
गाडीमा सवार मध्य अन्य दुई घाइते शिवराज– १० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज – ११ का २० वर्षीय सुरेश कुर्मी भने उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले जानकारी दिएको छ।
गएराति ९ बजेतिर हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवा खण्डमा सडकमा साइड लगाइ रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा पछाडि बाट भारतीय नम्बर प्लेट युपी ३२ सिए ८३४३ नम्बरको गाडी ठोक्किएको थियो।
गाडी बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै थियो। प्रहरीले गाडी र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।