बिपी राजमार्गमा अलपत्र ४७६ यात्रुको उद्धार भइरहेको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अलपत्र यात्रुको उद्धार भइरहेको बताए।
शनिबार राति रोशी लगायत नदीमा भेलबाढी आउँदा बिपीको अस्थायी डाइभर्सन बगाएको थियो।
डाइभर्सन खोलाले बगाएपछि काभ्रेको भकुण्डेबेसीबाट वैकल्पिक मार्ग, तेमाल गाउँपालिका तर्फबाट मंगलटारपारि कालधारासम्म पुग्ने बाटो प्रयोग गरी काठमाडौं ल्याइँदै गरेको उनले बताए।
अलपत्र यात्रुलाई १० वटा मिनीबसबाट काठमाडौं ल्याइँदै गरेको उनले बताए।
बिपी राजमार्गमा करिब १५० यात्रु अझै उद्धार गर्नुपर्ने अवस्थामा रहेको उनीहरूलाई लिन पनि सवारी साधन व्यवस्था गरिसकेको अधिकारीले बताए।
उनले आज सडक सञ्चालन हुने सम्भावना कम भएकोले सिन्धुली हुँदै काठमाडौं आउने सवारी साधनलाई अन्य सडक मार्गहरू प्रयोग गर्न प्रजिअ अधिकारीले बताएका छन्।