रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका –४ तातोपानी स्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको चट्याङ लागेर मृत्यु भएको छ।
घरदेखि ५ मिटर पश्चिममा रहेको रुखमा शुक्रबार बेलुकी चट्याङ पर्दा वलीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।
चट्याङ लागेर वलीको एउटा गोरु पनि मरेको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका – ४ सालडाँडामा चट्याङ पर्दा भैंसी मरेको छ।
सालडाँडाका ४५ वर्षीय गजिम गिरीको गोठ भित्र बाधेको अवस्थामा चट्याङले लागेर थप ४ वटा भैसी मरेका छन्। चट्याङले हानेर १ दुनो, १ गाभिनो र २ वटा पाडीहरु चट्याङले लागेर मरेको जिल्ला प्रहरी प्रवक्ता नेपालीले बताए।