नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकमाथि कुटपिट गरेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार माइतीघर मण्डलमा बस्नेतकी श्रीमती सहित १० जनाले पाठकलाई कुटपिट गरेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।
भिडिओमा शोभा पाठकलाई ती महिलाहरूले कपाल लुछालुछ गरेको देख्न सकिन्छ।
‘अहिले उहाँहरू सबैलाई अस्पताल लगिएको छ। त्यहाँबाट आएपछि घटनाबारे थप बुझेर कामकारबाही अघि बढाइनेछ,’ उनले भने।
पाठकले बस्नेतमाथि बलात्कार र भ्रूण हत्याको आरोप लगाउँदै आएकी छन्।