तोकिएको भन्दा बढी भाडा असुल्ने ५४ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सर्वसाधरणसँग सावजनिक यातायातले तोकिएकै भाडा दर लिएको वा बढी लिएको भन्ने जाँच गर्न अनुगमन गरेको हो।
२९९ वटा बसमा अनुगमन गरिएको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनकाअनुसार त्यसमध्ये ५४ सवारीसाधनले बढी भाडा असुलेको पाइएको हो।
‘सरकारले तोकेको भन्दा बढी भाडा लिने सार्वजनिक यातायातलाई ट्राफिक प्रहरीले सचेतना, अनुगमन सँगै कारबाही प्रक्रियामा पनि थप कडाइ गरेको छ,’ एसपी सुवेदीले भने।
हरेक यातायातले गाडीभित्र सबै यात्रुले देख्ने गरी भाडा दर राख्नुपर्ने उनले बताए।
विद्युतीय सवारीको भाडादर बृद्धि नभएकाले बढेको भाडा लिन नपाइने पनि उनले बताए।
तोकिएको भन्दा बढी रकम असुल गर्नेलाई ५ हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरिएको छ।