बीमा सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष पक्राउ परेका छन्।
४६ वर्षीय आशिष श्रेष्ठलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।
नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुरको वैशाख ८ गतेको पत्र तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४०(१०)(छ) अनुसार कसूर गरेको उल्लेख भएपछि अनुसन्धानका लागि सूचना प्रहरीले पाएको थियो।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।