ललितपुरको चक्रपथ क्षेत्रमा यतिबेला ज्याकाराण्डा फूलले सडक किनार बैजनी रंगले ढाकिएको छ, जसले सडकलाई आकर्षक बनाएको छ।
वसन्त यामसँगै फुल्ने ज्याकारान्डा रूखहरूले ललितपुरको चक्रपथ वरपरको वातावरणलाई रंगीन बनाउँदै पैदलयात्री तथा सवारी चालक दुवैको ध्यान तानेका छन्।
विशेषगरी बिहान र साँझको समयमा सडक छेउमा खसेका फूलहरूले प्राकृतिक कार्पेटजस्तो दृश्य देख्न सकिन्छ।
स्थानीयवासीका अनुसार, हरेक वर्ष यही समयमा फुल्ने यी रूखहरूले चक्रपथलाई थप रमणीय बनाउने गरेका छन्।
सामाजिक सञ्जालमा पनि ज्याकारान्डा फूलका तस्बिरहरू भाइरल भइरहेका छन्। तर, केही स्थानमा खसेका फूलका कारण सडक चिप्लो हुने र सरसफाइमा चुनौती थपिने गुनासो पनि आउने गरेको छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
ज्याकाराण्डा फूलको यो मौसमी सौन्दर्यले व्यस्त सहरी जीवनबीच केही समयका लागि भए पनि शान्ति र आनन्दको अनुभूति गराइरहेको छ।
तस्बिरहरू:
-1777447952.jpg)
-1777447952.jpg)
-1777447952.jpg)
-1777447952.jpg)
-1777447951.jpg)
-1777447951.jpg)
-1777447951.jpg)
-1777447951.jpg)
-1777447951.jpg)
-1777447951.jpg)
-1777447950.jpg)
-1777447950.jpg)
-1777447950.jpg)
-1777447950.jpg)
-1777447950.jpg)
-1777447950.jpg)