ललितपुर, झम्सिखेल क्षेत्रमा बुधबार बेलुका आएको हावाहुरीका कारण एउटा विद्युत् पोल ढलेर पार्किङमा राखिएको गाडीमा क्षति पुगेको छ।
स्थानीयका अनुसार अचानक आएको तीव्र हावाहुरीले सडक किनारमा रहेको पोल ढाल्दा नजिकै राखिएको गाडीमा सीधा ठोक्किएको थियो।
घटनामा मानवीय क्षति भने नभएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार गाडीको अगाडिको भागमा क्षति पुगेको छ।
‘त्यति ठूलो क्षति पुगेको छैन। फोटो खिचेका छौं। सवारी धनी अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ उनले भने, ‘बाँकी हामी बुझ्दैछौं।’
-1777469459.jpg)
-1777469459.jpg)
-1777469459.jpg)