प्रि–मनसुन याममा परेको झरीका कारण दुई राजमार्ग अवरूद्ध छन्। दुई राजमार्गका दुई खण्ड एकतर्फी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ को इकुमा पहिरोका कारण आवागमन अवरूद्ध छ।
लम्जुङको मध्यविन्दु नगरपालिका–१० स्थित विमिरेभञ्ज्याङमा मध्यपहाडी लोकमार्ग अवरूद्ध छ।
बेनी–जोमसोम सडक खण्ड अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा एकतर्फी छ भने मध्यपहाडी लोकमार्ग भोजपुर नगरपालिका–५ मा अवरूद्ध छ।