सरकारले शुक्रबारदेखि काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट बस्ती हटाउने बताएको हो।
प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ।
यसअघि सरकारले थापाथली, शान्तिनगर, गैरीगाउँ, सिनामंगल, मनोहरा नदीकिनारको अव्यवस्थित बसोबासीहरूलाई हटाएको थियो। सरकारले देशैभर सार्वजनिक, सरकारी जग्गामा बसेका बस्ती, बनेका घर-टहरा हटाउने अभियान चलाइरहेको छ।
अब सरकारले काठमाडौंको बल्खु, सामाखुसी, गोंगबु लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाउनेछ।
तस्बिरमा हेर्नुस् गोंगबुका किनार क्षेत्रका सुकुम्बासी बस्ती।
-1777535310.jpg)
-1777535310.jpg)
-1777535310.jpg)
-1777535310.jpg)
-1777535311.jpg)
-1777535311.jpg)
-1777535311.jpg)
-1777535312.jpg)
-1777535311.jpg)