काठमाडौंको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीबाट मानिसहरूले सामान ओसार्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेपछि बिहीबार त्यहाँ बस्दै आएका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा लगेका हुन्।
बुधबार काठमाडौं महानगरपालिकाले बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको थियो।
अब वंशीघाट, रानीबारी लगायत स्थानबाट पनि मानिसलाई हटाउने तयारी गरिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
















सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी