टेकु क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीले आफ्ना घरटहरा आफै भत्काउन थालेका छन्।
खोला किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र भएसँगै स्थानीय बासिन्दाले घरका झ्याल–ढोका निकाल्दै संरचना हटाउन सुरू गरेका हुन्।
केहीले भने घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्। प्रशासनले हटाउने तयारी थालेपछि सम्भावित डोजर चल्ने त्रासका कारण स्थानीयले स्वेच्छाले घर भत्काउन थालेको बताइएको छ।
यससँगै टेकु क्षेत्रको बस्ती खाली गर्ने प्रक्रिया तीव्र बन्दै गएको छ।
वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीले वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले पुनर्वासको सुनिश्चितता गर्न सरकारसँग माग समेत गरेका छन्।
तस्बिरहरू:
-1777549971.jpg)
-1777549973.jpg)
-1777549972.jpg)
-1777549972.jpg)
-1777549971.jpg)
-1777549971.jpg)
-1777549972.jpg)
-1777549972.jpg)
-1777549973.jpg)
-1777549971.jpg)