काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ।
शुक्रबार बिहान ९ बजेदेखि त्यस क्षेत्रमा डोजर परिचालन गरी घर टहरा भत्काउन थालिएको हो।
बिहान ८ बजेपछि त्यस क्षेत्रमा डोजर पुगेको थियो।
पौने ९ बज्दा त्यहाँको बस्तीमा डोजर चल्न सुरू भएको छ।
अहिले ७ वटाभन्दा बढी उपकरण त्यस क्षेत्रमा परिचालन गरिएको छ।
डोजरसँगै सुरक्षाकर्मी र महानगर प्रहरी बलको पनि बाक्लो उपस्थिति छ।
सुकुम्बासीहरूले बिहीबारदेखि घर टहराबाट सामान निकालिरहेका छन्।
शुक्रबार बिहान पनि मानिसहरूले सामानहरू निकालेर सडक पेटी र खाली ठाउँमा राखेका छन्।
वंशीघाटमा १९३ घरधुरी छ।
बस्ती खाली गरेर त्यहाँका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जान भनिएको छ।
रंगशालामा स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा लगिने भनिएको छ।
बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलिसकेको छ।
तस्बिहरूः
-ink-1777608095.jpeg)
-ink-1777608095.jpeg)
-ink-1777608066.jpeg)
-ink-1777608096.jpeg)
-ink-1777608096.jpeg)
-ink-1777608096.jpeg)
-ink-1777608096.jpeg)
-ink-1777608097.jpeg)
-ink-1777608097.jpeg)
-ink-1777608096.jpeg)