विश्वभर आज मजदूर दिवस मनाइरहँदा श्रमिकका हक, अधिकार र सम्मानका कुरा भइरहेका छन्।
तर, उपत्यकाका सडक किनार र निर्माणस्थलहरूमा भने धेरै मजदूरहरूका लागि यो दिन पनि अरू दिनजस्तै व्यस्त रह्यो।
काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि मजदूरहरू आफ्नो काममा जुटिएका देखिन्थे। कोही सडक छेउमा गिट्टी कुट्दै थिए भने कोही निर्माणाधीन घरहरूमा प्लास्टर गर्दै थिए। उनीहरूका लागि ‘दिवस’ भन्दा पनि दैनिकी चलाउनु मुख्य प्राथमिकता बनेको देखिन्छ।
सरकार र विभिन्न संघ–संस्थाहरूले श्रमिक अधिकारका विषयमा कार्यक्रम आयोजना गरिरहँदा धेरै मजदूरहरू ती कार्यक्रममा सहभागी हुनसमेत पाउँदैनन्।
सरकारले तोकेको न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।
विशेषगरी निर्माण र साना उद्योग क्षेत्रमा श्रमिकहरूले तोकिएकोभन्दा कम पारिश्रमिक पाउने गुनासो व्यापक छ।
श्रमिक संगठनहरूले बारम्बार आवाज उठाए पनि अनुगमन र कार्यान्वयन कमजोर देखिन्छ, त्यस्तै सामाजिक सुरक्षा कोषको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका धेरै श्रमिक यसमा आबद्ध हुन सकेका छैनन्।
रोजगारी अस्थायी हुनु, जानकारीको अभाव र नियोक्ताको बेवास्ता यसको मुख्य कारण हुन्। यसका कारण दुर्घटना, बिरामी वा बेरोजगारीको अवस्थामा श्रमिकहरू पूर्ण रूपमा असुरक्षित रहन्छन्।
तस्बिरहरू:
-1777617805.jpg)
-1777617805.jpg)
-1777617805.jpg)
-1777617804.jpg)
-1777617804.jpg)
-1777617804.jpg)
-1777617804.jpg)
-1777617803.jpg)
-1777617803.jpg)
-1777617803.jpg)
-1777617803.jpg)
-1777617805.jpg)
-1777617802.jpg)
-1777617802.jpg)