काठमाडौंमा पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई बुढानिलकण्ठ नगरपालिका-५ बाट चार जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा बुढानिलकण्ठका २३ वर्षीय कविर देउला, ४२ वर्षीय सबिना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुरको गोदावरी-११ का २६ वर्षीय सुबास शाही छन्।
उनीहरूबाट १६ हजार ७५० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ।
त्यस्तै एउटा पेस्तोल, तीन वटा म्याग्जिन, चार वटा पेस्तोलको गोली र एसएलआरको दुई वटा गोली बरामद भएको छ।
उक्त घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।