दाङमा भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरूले शुक्रबार घोराहीमा प्रदर्शन गरेका छन्।
उनीहरूले प्रदर्शन गरी दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली, गुठीमोही संगठन दाङका अध्यक्ष प्रभु चौधरीले हस्ताक्षर ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।
भूमिहिन संगठनले सरकारको पछिल्लो डोजर आतंक बन्द गर्न माग गरेका थिए।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विरोधमा नाराबाजी गर्दैै बजार परिक्रमा गरेका थिए।