काठमाडौंको बल्खु किनारामा बस्दै आएका ईन्द्रबहादुर राईको शव बागमती नदीले बगाएर ल्याएको प्रहरीले बताएको छ।
शुक्रबार अपराह्न साढे ३ बजे ६१ वर्षीय राईको शव फेला परेको थियो।
उनी काठमाडौंको बल्खुस्थित बस्तीमा बस्दै आएका थिए।
एसपी पवन भट्टराईले उनको शव नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको बताएका छन्।
प्रहरीले उनको शव देखेपछि अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
घटनास्थलको मुचुल्का गरिएको छ भने पोष्टमर्टमको लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाएको छ।
प्रहरीले राईको मृत्युको कारण नखुलेको पनि जनाएको छ।