अनैतिक कृयाकलाप गरेको आरोपमा काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मात्रै ५७ वटा मसाज सेन्टरमा छापा मारेको हो।
उक्त मसाज सेन्टरबाट प्रहरीले २४० महिला र १८ जना पुरूष गरी जम्मा २५८लाई नियन्त्रणमा लिएको कार्यालयका एक अधिकृतले जानकारी दिए।
मसाज सेन्टरको नाममा अनैतिक कृयाकलाप गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने, दर्ता नगरी चलाइएको लगायतका आरोपहरू छन्।
प्रहरीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।