सशस्त्र प्रहरी बलका नवनियुक्त आइजिपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न पाएका छन्।
सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नियुक्त गरेको थियो। यसअघिका आइजिपी राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका थिए।
को हुन् नवनियुक्त आइजिपी?
आइजिपी पौडेल सुर्खेतका हुन्।
उनले २०५४ सालमा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका थिए र २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्।
एमए सम्म अध्ययन गरेका पौडेल करिब तीन दशक लामो सुरक्षा सेवाको अनुभव भएका अधिकारीका रूपमा चिनिन्छन्।
सेवाकालमा उनले रोल्पामा स्ट्राइकिङ टोली कमाण्डरदेखि झापाको बिर्तामोड इलाका प्रहरी कार्यालय प्रमुखसम्मका जिम्मेवारी सम्हालेका थिए।
त्यसपछि सशस्त्र प्रहरी बलमा उनले दाङ, बर्दिया लगायतका क्षेत्रमा सुरक्षा नेतृत्व गर्दै सीमा सुरक्षा, प्रशासन, मानव स्रोत तथा कार्य विभागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
पौडेलले सशस्त्र प्रहरीको नायव उपरीक्षकदेखि अतिरिक्त महानिरीक्षक हुँदै आइजिपीसम्मको यात्रा तय गरेका हुन्।
उनी लुम्बिनी र गण्डकी प्रदेशका बाहिनीपतिको रूपमा समेत काम गरिसकेका छन्।
उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा पनि सेवा गरेका छन्। साथै अमेरिका, इटाली, चीन, श्रीलंका लगायत देशमा सुरक्षा, आतंकवाद नियन्त्रण र नेतृत्व विकाससम्बन्धी तालिम लिएका छन्।
उत्कृष्ट सेवाका लागि पौडेलले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री, गोरखा दक्षिणबाहु लगायतका पदक प्राप्त गरेका छन्।
तस्बिरहरूः
-ink-1777867923.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867922.jpeg)
-ink-1777867922.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867925.jpeg)
-ink-1777867924.jpeg)
-ink-1777867924.jpeg)
-ink-1777867924.jpeg)
-ink-1777867924.jpeg)
-ink-1777867924.jpeg)
-ink-1777867923.jpeg)
-ink-1777867923.jpeg)