भक्तपुरमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
आइतबार मध्यराति भक्तपुर नगरपालिका-५ आदर्शस्थित सडकमा टिपरको ठक्करबाट भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जवेगुका अनुसार बा ४ ख ३१५६ नम्बरको टिपरले सहनीलाई बाटो काट्नेक्रममा ठक्कर दिएको हो।
ठक्कर दिँदा सहनीको मृत्यु भएको हो। प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नगरपालिका-१० ज्यामिरे घर भई बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई पक्राउ गरेको छ।
सहनी भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित बिएम इट्टाभट्टामा काम गर्थे। उनले भट्टामा काम गर्ने कामदार खोज्ने काम ठेक्का लिने गर्थे।
मृतकका भाइ सहनी प्रहरीको सम्पर्कमा आएका छन्। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।