काठमाडौंको कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई सोधपुछ गरेको छ।
बुधबार दिउँसो साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडे टोलमा २४ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा तीन जनालाई प्रहरीले सोधपुछ गरेको हो।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार उनीहरूले घटनास्थल देखेको भएर सोधपुछ मात्र गरिएको हो।
‘घटनाबारे बुझ्नको लागि सोधपुछ मात्र गरिएको हो,’ उनले भने,‘उहाँहरूलाई नियन्त्रणमा लिइएको, पक्राउ गरिएको होइन।’
प्रहरीले उनीहरू साथीसाथी भएको बताएको छ।
उनीहरूबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको हो।
* यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ- सम्पादक