सम्पदा संरक्षण अभियानीहरूले ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भनिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका छन्।
सम्पदा संरक्षण नेपालका सभापति कविर डंगोल लगायत अभियानीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सार्वजनिक सम्पदा मासेर बनाइएको संरचना हटाउनुपर्ने, ऐतिहासिक पोखरीको संरक्षण गर्नुपर्ने तथा पुरानो स्वरूप पुनःस्थापना गर्नुपर्ने माग राखेका थिए।
उनीहरूले कमलपोखरी सार्वजनिक सम्पत्ति भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको दाबी गरेका छन्।
प्रदर्शनका क्रममा ‘सम्पदा जोगाऔँ’, ‘सार्वजनिक पोखरी बचाऔँ’ लगायतका नारासमेत लगाइएको थियो।
तस्बिरहरू:
-1778136560.jpg)
-1778136560.jpg)
-1778136560.jpg)
-1778136560.jpg)
-1778136559.jpg)
-1778136559.jpg)
-1778136559.jpg)
-1778136559.jpg)
-1778136559.jpg)
-1778136558.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी