काठमाडौंको कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बिहीबार साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा अछाम घर भई कीर्तिपुर बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीका २३ वर्षीय रविन्द्र धामी र कैलालीकै २२ वर्षीय रोशन विष्ट छन्।
घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो।
उनीहरूमाथि प्रहरीले ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। अदालतले ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।