सल्यानमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
दार्मा गाउँपालिका-२ भुसखोलामा शुक्रबार दिउँसो साढे १ बजे रा १ त ४४९५ नम्बरको खाली ट्रायाक्टर दुर्घटनामा परेको हो।
अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका-२ का १७ वर्षीय प्रदीप विक हुन्।
'१७ वर्षीय टेकबहादुर र २२ वर्षीय विशाल विक घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ,' इन्स्पेक्टर भट्टराईले भने।
उनीहरूलाई उपचारका लागि बाँके रिफर गरिएको उनले जानकारी दिए।