गोंगबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पुर्याइएको छ।
४० परिवारको ९३ जना राखिएको सो अपार्टमेन्टमा आधारभूत सुविधा समेतको पूर्वव्यवस्था नगरी सारिएको उनीहरूको गुनासो छ।
उनीहरूका अनुसार शुक्रबार साँझ ७ बजेतिर पुर्याइएको हो। कसले ल्यायो भन्नेसम्म पनि जानकारी उनीहरूलाई छैन। दैनिक प्रयोग त के खानेपानीको समेत व्यवस्था नभएपछि उनीहरू केहीबेर आक्रोशित समेत थिए।
मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालका अनुसार सरकारले नगरेको होइन गरेको हो, तर व्यवस्थित भएन। समन्वयनका लागि आधिकारिक व्यक्ति समेत नरहेकाले अन्यौलता देखिएको छ। यहाँ कति दिन राख्ने हो, व्यवस्थापन कसरी गर्ने हो, खानाको व्यवस्था के हुने हो उनीहरूले बुझ्न चाहेका छन्।
अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनुपर्ने उनीहरू माग राखेका छन्।
दुवै मिर्गौला फेल भएकी मुना खनाल, हप्तामा २ पटक डायलासिसका लागि वीर अस्पताल जानुपर्ने, विपन्न त्यसमाथि पनि विस्थापित हुन परेको मुनासँग ट्याक्सी चढेर अस्पताल जाने अवस्था समेत छैन।
अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि भोलि के हुने हो, उनी चिन्तित देखिन्छिन्।
सरकारले जसरी उठिबास लगायो त्यसरी नै व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। आफ्नै नाममा सानो जमिनको माग राख्दै, उचित छानबिन र राम्रो व्यवस्थापन उनीहरू चाहन्छन्।
-1778309433.jpg)
-1778309433.jpg)
-1778309432.jpg)
-1778309432.jpg)
-1778309432.jpg)
-1778309432.jpg)
-1778309431.jpg)
-1778309432.jpg)
-1778309431.jpg)
-1778309431.jpg)
-1778309432.jpg)
-1778309431.jpg)
तस्बिर : सूर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी