दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो।
यसअघि वैशाख २४ गते धादिङको चराङफेदी केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
त्यतिबेला धादिङ र गोरखा आसपास धक्का महसुस भएको थियो।