बाजुरामा खोलामा बगेर बेपत्ता किशोरको शव फेला परेको छ।
जिल्लाको हिमाली गाउँपालिका – १ का १३ वर्षीय नबराज थापा आइतबार मैतार्नास्थित कुवाडी खोलामा बगेर बेपत्ता भएका थिए।
थापाको शव सोमबार दिउँसो १ बजेतिर घटनास्थल भन्दा झन्डै ४ सय मिटर मुनि फेला परेको हो।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार नवराज चार जना साथीहरूसँग खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा उनलाई खोलाले बगाएपछि बेपत्ता थिए।
थापा बेपत्ता भएको खबरपछि प्रहरी चौकी बिच्छिाहा र अस्थायी प्रहरी पोष्ट कुवाडीबाट प्रहरीका साथै स्थानीय खोजीका लागि खटिएका थिए।