बर्दियामा यात्रुबाहक बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिज्ला प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।
विष्टका अनुसार ५ जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य छ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ८ ख १९४९ नम्बरको बस बर्दियाको ठाकुर बाबा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा पौने १२ बजेतिर पल्टिएको थियो।
बर्दिया निकुञ्ज भित्रको सडक खण्डमा बस उत्तर–दक्षिण दिशामा पल्टिएको र त्यसले बाटो अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ।
बस पन्छाउने प्रयास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूलाई कैलालीस्थित लम्की अस्पतामा पुर्याएर उपचार हुँदैछ।
बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।