राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।
नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।
यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।
विभिन्न जिपिए ल्याउने विद्यार्थी संख्या यस प्रकार छ —
१.६ देखि २ जिपिए — ७ जना
२ देखि २.४ जिपिए — ५१९० जना
२.४ देखि २.८ जिपिए — ५५९७७ जना
२.८ देखि ३.२ जिपिए — ९४२२२ जना
३.२ देखि ३.६ जिपिए — ८०३७२ जना
३.६ देखि ४ जिपिए — ८३९२ जना
सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।
परीक्षा बोर्डले निम्न तरिकाबाट एसइई नतिजा हेर्न सकिने जनाएको छ —

विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनामा ल्याउन लागेको हो।
यसअघिका वर्षमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो। चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।