अर्घाखाँचीमा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो भएको पाणिनी गाउँपालिका–८, कुँडेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर झलक शर्माले जानकारी दिए।
उनका अनुसार २५ जना घाइते भएका छन्। घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिसन अस्पताततर्फ पठाइएको छ।
ज्यान गुमाएका मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा परेको बस सुपादेउरालीको दर्शन गरी पर्वत फर्किँदै थियो।
प्रहरीका अनुसार बस झन्डै एक सय मिटर तल खसेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।