बाजुरामा ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–३ गुइगाडकी ३७ वर्षीया कल्पना देवी थापाको बुढीगंगा–६ फालासैना बजारबाट हिँड्दै घर फर्किने क्रममा ढुंगा लागेर मंगलबार बेलुकी मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार उनलाई बेलुकी साढे ५ बजेतिर ढुंगाले लागेपछि उनी सडकबाट ५० मिटर मुनि खसेकी थिइन्।
उनको घटनास्थलमै मृत्यु भएको थियो।