काठमाडौंको मध्यभाग हुँदै बग्ने धोबीखोलाले समयसँगै अनेक रूप फेरिरहेको छ।
बूढानीलकण्ठको मुहान पोखरीबाट उद्गम क्षेत्र भएको यो खोला सहरको भीडभाड र अव्यवस्थित विस्तारसँगै प्रदूषित र दुर्गन्धित बनेको छ।
तर पछिल्ला वर्षहरूमा यसको स्वरुप विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ।
विभिन्न संघसंस्थाले साप्ताहिक रूपमा सञ्चालन गर्ने सरसफाइले यसको मुहार बदलिन सघाउ पुगेको थियो।
पछिल्ला वर्षहरूमा काठमाडौं महानगरपालिकाले बर्सेनि सरसफाइ गर्ने गरेको छ। खोलाभित्रबाट फोहोर निकाल्ने मात्र नभई करिडोर क्षेत्र सरसफाइ र किनाराका रूख–विरूवा काँटछाँट गर्दा खोला क्षेत्र उघारो देखिएको छ।
अहिले सेतोपुल–रातोपुल आसपासको क्षेत्रमा बिहान–बेलुका हिँड्ने, फोटो खिच्ने र दृश्य अवलोकन गर्ने मानिसहरूको उपस्थिति बढ्न थालेको छ।
तस्बिरहरू:
-1778604327.jpg)
-1778604328.jpg)
-1778604328.jpg)
-1778604328.jpg)
-1778604327.jpg)
-1778604327.jpg)
-1778604327.jpg)
-1778604327.jpg)
-1778604327.jpg)
-1778604328.jpg)