काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टार्फ नर्सहरूले सरकारले तोकेअनुसार तलब दिन माग गर्दै आन्दोलन गरेका छन्।
शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्।
नर्सहरूले अहिले १९ हजार रूपैयाँ तलब पाइरहेका छन्। सरकारले स्टाफ नर्सहरूको लागि ३४ हजार रूपैयाँ तोकेको छ। त्यही कार्यान्वयन गर्न पटक पटक भन्दा नमानेपछि आन्दोलन गर्नुपरेको हेल्थ असिसटेन्ट भुपेन्द्र खत्री बताउँछन्।
'हामीले बढी मागेको होइन। सरकारले तोकेको तलब कार्यान्वयन गर्न भनेका हौं,' उनले भने।
उनीसहित ४० जना कर्मचारीहरूले अस्पतालमा आन्दोलन गरिरहेका छन्।
-1778827232.jpeg)
-1778827233.jpeg)
-1778827233.jpeg)
-1778827232.jpeg)