प्युठानमा शुक्रबार दिउँसो भएको गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।
प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थल पुगेका जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार परियारले गाडी चलाएका थिए। उनी गाडीका साहु पनि हुन्। कुँवर जिपमा सवार थिए।
जिल्लाको माण्डवी गाउँपालिका – १ डामृखोलाको देवीस्थानमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दिउँसो १ बजेतिर सडकबाट झन्डै २०० मिटरमुनि खसेको थियो।
यो दुर्घटना दाङ सडक भित्री सडक खण्डमा भएको हो। जिपमा दुई जना मात्रै सवार थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।