केन्द्रीय कारागारबाट एक जना महिला कैदी फरार भएकी छन्।
शुक्रबार बिहान साढे १ बजेतिर केन्द्रीय कारागार सुन्धाराबाट एक जना महिला पर्खाल नाघेर भागेको जेलर कृष्ण चापागाईंले जानकारी दिए।
फरार भएकी महिला २५ वर्षीया सपना तामाङ हुन्।
उनले अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद सजाय पाएकी छन्।
केन्द्रीय कारागारबाट भागेपछि प्रहरीले खोजी थालेको छ।
यो घटनामा अहिले प्रहरी र कारागार प्रशासनले आन्तरिक रूपमा छानबिन गरिरहेको छ।