कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ।
सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको थियो।
सोनार क्यामरा र म्याग्नेटसहितको उपकरण प्रयोग गरी उक्त टोलीले आज खोजीकार्य गर्ने सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ४०० सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो।
सोही दिन दुर्घटनास्थलबाट करीब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अन्य यात्रुको अबस्था अहिले सम्म अज्ञात छ।
यो पनिः कर्णालीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु-भाइ