काठमाडौं उपत्यकाका मुख्य सडकमा सोमबार सवारी चाप अत्यधिक बढेपछि ट्राफिक जामले सर्वसाधारणलाई सास्ती भएको छ।
उपत्यकाका प्रमुख चोक रत्नपार्क, सिंहदरबार क्षेत्र, न्युरोड लगायत क्षेत्रमा सवारी जाम बढेको हो।
जामका कारण यात्रुलाई गन्तव्यसम्म पुग्न घण्टौं लागेको थियो।
विशेषगरी मुख्य सडक तथा चोकहरूमा सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ।
कतिपय स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्दा पनि जामबाट पूर्ण रूपमा राहत मिल्न सकेको छैन।
-1783951866.jpg)
-1783951865.jpg)
-1783951865.jpg)
-1783951864.jpg)
-1783951864.jpg)